खेलकुद
चितवनमा माघ २८देखि भेट्रान कप फुटबल हुने

चितवन, माघ २५-
चितवनमा सोमबारदेखि स्व दिलीप राणा स्मृति छैटौँ अन्तराष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा माघ २८ गतेदेखि सो प्रतियोगिता हुन लागेको हो ।
आगामी फागुन ३ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागि हने प्रतियोगिताका संयोजक हरिप्रसाद भट्टले जानकारी दिए । प्रतियोगितामा भारतको कोलकता सहित नेपाबाट आयोजक चितवन भेट्रान निलो, चितवन भेट्रान रातो, फ्रिडम फाइटर ठमेल, लेक साईट भेट्रान पोखरा, एनआरटि काठमाडौँ, तरकामी काठमाडौँ, विरगञ्ज सिटी, एसएनआरसी काठमाडौँ, अभिषेक चर्च भेट्रान रजहर, नागासोती भेट्रान क्लब हेटौँडा, सिमरा भेट्रान सिमरा, बुटवल भेट्रान, चावहिल भेट्रान, बौद्ध भेट्रान र सुनाखरी भेट्रान हुनेछन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नकआउटका आधारमा हुने प्रतियोगितामा दुवै समूहका शीर्ष टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा सहभागि हुनका लागि ४० वर्ष पुरा हुनुपर्नेछ । खेल ५० मिनेटको हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार सय प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट गोलपिर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षक पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ४० वर्षमाथिका खेलाडी सहभागी हुनेछन् ।
खेल भरतपुर ७मा रहेको कृष्णपुर खेलमैदानमा हुनेछ ।