चितवन विशेष

सेन्ट्रल मोडेल कलेजका बिद्यार्थीलाई भव्य स्वागत, डिनको उपस्थितिमा पोखराको पाँचतारे होटलमा अभिमुखिकरण कार्यक्रम

Banner

चितवन,माघ २०-

चितवनको सेन्ट्रल मोडेल कलेजले विद्यार्थीलाई भव्य कार्यक्रमको आयोजना गरेर स्वागत गरेको छ । यस बर्षदेखि व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) अध्यापन सुरु गरेको कलेजले पर्यटकीय नगरी पोखराको पाँचतारे पोखरा ग्राण्ड होटलमा स्वागत कार्यक्रम आयोजना गरेको हो । कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलको अध्यक्षता र त्रिभुवन विश्वविद्यालय म्यानेजमेन्ट संकायका डिन प्रोफेसर डाक्टर महानन्द चालिसेकोको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रममा सय बढि विद्यार्थी सहभागि भएका थिए ।

सो अवसरमा बोल्दै डिन चालिसेले उच्च शिक्षाका लागि बिभिन्न देशमा जाने विद्यार्थीलाई परामर्श र भिजा प्रोसेसिङको काम गर्दै आइरहेको सेन्ट्रल कलेजले नेपालको शैक्षिक विकासका लागि सेन्ट्रल मोडेल कलेज स्थापना गर्नु प्रशंसनिय काम भएको बताउनुभयो । उहाँले सेन्ट्रल मोडेल कलेजसंग हरेक पल सहकार्य गरेर काम गर्न त्रिवि विश्वविद्यालय तयार रहेको बताउनुभयो । अध्यक्ष पौडेलले बिश्वबाट लिनुभएको अनुभव नेपालको शिक्षा क्षेत्रको विकासका लागि अर्थपूर्ण छ,उहाँले भन्नुभयो, नेपालमा पनि विदेशी विद्यार्थीले पढ्न आउने वातावरण बनाउनका लागि उहाँको अनुभव महत्वपूर्ण हुनेछ । पहिलो बर्षमा नै विद्यार्थीलाई पाँच तारे होटलमा नाइट स्टे सहितको कार्यक्रम गर्दा विद्यार्थीलाई प्रयोगात्मक शिक्षासंगै बाहिरी ज्ञानको विकास गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रिन्सिपल पौडेलले चितवनमै रहेर विश्वसंग प्रतिस्पर्धा गर्ने शिक्षा सेन्ट्रल मोडेल कलेजले प्रदान गर्ने बताउनुभयो । मैले धेरै देश घुमेर त्यहाँको शिक्षा प्रणालीलाई नजिकबाट नियालेको छु,उहाँले भन्नुभयो,त्यहाँको जस्तै गुणस्तरिय शिक्षा प्रदानका लागि हामीले यहाँ भरपुर प्रयास गरिरहेका छौं । उहाँले कार्यक्रममा सहभागी सबैलाई धन्यबाद दिँदै कलेजले गुणस्तरमा कुनै सम्झौता नगर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिशपर्धा गर्न सक्ने जनशक्ती उत्पादन गर्ने बताउनुभयो ।
सो अवसरमा डिन चालिसेले कलेजको आन्तरिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रिन्सिपल डा.टिकाराम चालिसे, सल्लाहाकार देविदास भट्टराई, सल्लाहाकार सुदन नेपाली, एचवडी अफ बिएचएम प्रकाश पाण्डे, एचवडी अफ बिआइएम सुनिल कुमारसिंह लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सेन्ट्रल मोडल कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ । कलेजले व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालन गरिरहेको छ । पहिलो बर्षमानै कलेजमा उल्लेख्य विद्यार्थी भर्ना भएका छन । कलेजले नेपालकै उत्कृष्ट होटलम्यानेजमेन्ट तथा विआइएम ल्याब निर्माण गरेको छ । कलेजले विदेशी प्रध्यापकद्धारा गेष्ट कक्षा र नेपालकै विभिन्न उद्योग व्यवसायमा फिल्ड भिजिट लगेर प्रयोगात्मक कक्षालाई समेत बिशेष जोड दिएको छ । कलेजले विद्यार्थीका लागि निःशुल्क बस सेवापनि दिँदै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>