चितवन विशेष

एच.पी.भी खोप अभियान बारे जानकारी गराउन भरतपुरमा प्रभातफेरी

०
Banner

चितवन, माघ २०–

पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन किशोरीहरुलाई सुरु गर्न लागिएको एच.पी.भी खोप अभियान बारे जानकारी गराउन आइतबार विहान भरतपुरमा प्रभातफेरी निकालिएको छ ।

जनस्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयुक्त आयोजनामा भरतपुरको चौबिसकोठीबाट प्रभातफेरी निकालिएको हो । प्रभातफेरीमा स्वास्थ्य क्षेत्रमा अध्ययन गरिरहेका विद्यार्थी, सरोकारवाला निकायलगायतको सहभागितामा निस्किएको प्रभातफेरि भरतपुरको विभिन्न ठाउँमा पुगेर गेष्टहाउस चौरमा पुगी समापन गरिएको थियो । जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले एच.पी.भी खोप बारे आममानिसलाई जानकारी गराउन सांकेतिक रुपमा प्रभातफेरि निकालिएको जानकारी दिए ।

नेपाल सरकारले माघ २२ गतेदेखि देशभर विद्यालय जाने ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरु र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका छात्राहरुलाई यो खोप लगाइदैछ । चितवनमा औपचारिक रुपमा माडी नगरपालिकाबाट यो खोप अभियानको सुरुवात गरिने केसीले जानकारी दिए ।

चितवनमा कुल ३१ हजार ५७० छात्राहरुलाई यो खोप लगाइदैछ । जसका लागि ४३३ खोप केन्द्र तय गरिएको छ भने ४५५ स्वास्थ्यकर्मी र ९१० जना स्वंमसेवक परिचालन गरिदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>