चितवन विशेष

चितवनमा रुखबाट लडेर गम्भीर घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु

Banner

चितवन, माघ १५-

चितवनको कालिका नगरपालिका–७ मा गएको माघ ६ गते रुखबाट लडेर गम्भीर घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।

गम्भीर घाइते कालिका–७ बस्ने वर्ष ५७ को माइला थापाको हिजो (सोमवार) उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जंगलमा घाँस काट्न जाने क्रममा टाटरीको रुखबाट लडेर थापा घाइते भएका थिए । उनको ढाड र दुबै खुट्टामा चोट लागेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>