Uncategorized

राईजिङ भरतपुर गोल्डकपः बागमती विजयी

Banner

चितवन, माघ १३-

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी मिन्नानो राईजिङ भरतपुर गोल्डकपमा बागमती युवा क्लब विजयी भएको छ । आज (आइतबार) सम्पन्न खेलमा बागमतीले सूर्यपुर फुटबल क्लबलाई १-० ले हराएको हो ।

नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा बागमतीको जितमा सनम धिमालले निर्णायक गोल गरे । उनले खेलको २० औं मिनेटमा गरेको गोल नै बागमतीलाई जिताउन पर्याप्त भयो ।

दोस्रो हाफमा सूर्यपुरले केही मौका पाए पनि सदुपयोग गर्न सकेन । बागमतीको जितमा निर्णायक गोल गरेका सनम प्लेयर अफ दि म्याच भए । यो जितपछि बागमती सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगितामा सोमबार गैंडाकोट फुटबल क्लब र प्याराडाईज युवा क्लब भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख प्राप्त गर्नेछ । प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>