Breaking News

माओवादी र एकीकृत समाजवादीलाई वामदेवको प्रश्न- मिलेर चुनाव लड्ने, सरकारलाई दलाल भन्ने ?

Banner

काठमाडौँ, माघ १३-

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई लक्ष्य गर्दै मिलेर चुनाव लडेर सरकारलाई दलाल भनिरहेको बताएका छन्।

२०७९ मंसिरमा भएको प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा तत्कालीन गठबन्धनबाट कांग्रेस-माओवादी-एकीकृत समाजवादीले चुनावी तालमेल गरेका थिए।

त्यसतर्फ लक्ष्य गर्दै गौतमले माओवादी र समाजवादीलाई पहिले सहकार्य गर्ने अहिले आलोचना गर्ने भनेर प्रश्न गरेका हुन्।

‘आलोचना त गर्नुभयो यो सरकार दलाल सरकार हो भनेर। तपाईं सरकारमा भएको भए के हुन्थ्यो ? तपाईंको पार्टी सरकारमा गएन। चुनावमा पनि त्यही कांग्रेससित मिलेर, सरकारमा पनि त्यही कांग्रेससित मिलेर। अनि कांग्रेस के हो ? कम्युनिष्ट के हो ? भनेर बखान गर्नुहुन्छ, भत्भताउनु हुन्छ त्यहाँ मिलेर आउनुहुन्छ। पाए अहिले पनि मिल्ने कोसिस छ,’ एकदेव आलेको ५६ औं स्मृति दिवसमा शनिबार आयोजित कार्यक्रममा गौतमले भने।

उनले पुष्पलाललाई स्मरण गर्ने हो भने तत्काल समाजवाद निर्माणमा लाग्नुपर्ने बताए। समाजवाद निर्माणमा नलाग्ने हो भने जिब्रो पड्काएर मात्रै केही नहुने उनको भनाइ छ। (न्युज एजेन्सी नेपाल)

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>