चितवन विशेष

चितवनका कृष्ण सुनार अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्षका उम्मेदवार

Banner

चितवन, माघ १०–

चितवनका विद्यार्थी नेता कृष्ण बहादुर सुनार नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

उनी समावेशी दलिततर्फ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । विद्यार्थीको हकहितका लागि लड्दै आएकाले उपाध्यक्ष भएर विद्यार्थीको समस्या समाधन गर्नेतर्फ अग्रसर उम्मेदवार बनेको सुनारले बताए ।

उनी स्कुले जीवनदेखि नै अखिल (क्रान्तिकारी)मा रहेर विद्यार्थी राजनीति गर्दै आएका छन् । तत्कालिन माओवादी विभाजन हुँदै गर्दा क्रान्तिकारी माओवादी वैद्यलाई साथ दिएका सुनार अहिले पुनः माओवादीमा फर्किएर विद्यार्थी राजनीतिलाई अगाडि बढाई रहेका छन् ।

उनी यसबीचमा सप्तगण्डकी बहुमुखी क्याम्पसमा इकाई सदस्य हुँदै इकाई अध्यक्ष जिल्ला सदस्य हुँदै २०७४ मा चैत २९ गते २९ औँ जिल्ला सम्मेलनबाट चितवनको जिल्ला अध्यक्ष भएका थिए । २०७५ मा केन्द्रीय सदस्य भएका सुनार त्यसपश्चात निरन्तर केन्द्रीय समितिमा रहेर काम गर्दै आइरहेका छन् । उनी घोषित सम्मेलन अघि केन्द्रीय सचिवालय सदस्य रहेका थिए ।
सुनारले आफ्नो चुनावी एजेन्डा समेत सार्वजनिक गरेका छन् । उनले ७ बुँदामा आफ्नो एजेन्डालाई अघि सारेका छन् ।

–शिक्षा सुधारः सबैका लागि निःशुल्क र गुणस्तरीय शिक्षा ।
–स्वास्थ्य सेवाः प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच।
–रोजगारी सिर्जनाः युवा जनशक्तिका लागि रोजगारीका अवसरहरू।
–महिला सशक्तीकरणः महिला अधिकार र समानताका लागि विशेष कार्यक्रम।
–दलित अधिकार प्रवर्द्धनः सबैका लागि समान अवसर र अधिकार सुनिश्चित।
–गाउँको विकासः ग्रामीण क्षेत्रका लागि पूर्वाधार, शिक्षा र स्वास्थ्य सुधार।
–भ्रष्टाचार निवारणः पारदर्शी र जवाफदेही सरकार।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>