खेलकुद
महिला यू-१९ विश्वकप: अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य
०

काठमाडौं, माघ ९-
महिला यू-१९ विश्वकपमा बलियो टेस्ट राष्ट्र अष्ट्रेलियाले नेपाललाई १४० रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ६ विकेट क्षतिमा १३९ रन जोडेको हो ।
१४ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै केमी ब्रे र लियोनर लारोसाले चौथो विकेटका लागि ७२ रनको साझेदारी गरे । केमी ४५ रनमा रिया शर्माको बलमा सिमाना केसीद्वारा क्याच आउट भइन् ।
लियोनरले ३१ रन बनाइन् । हसरत गिल ३० र क्लोइ एन्सवर्थ १६ रनमा नटआउट रहे । उनीहरुले सातौं विकेटका लागि ३१ रनको साझेदारी गरे । नेपाली बलरले अन्तिम २ ओभरमा २९ रन दिएका थिए ।
नेपालका लागि क्याप्टेन पूजा महतोले ३ विकेट लिइन् ।