खेलकुद
यु–१९ विश्वकपः स्कटल्यान्डसँग नेपाल एक विकेटले पराजित
०

काठमाडौँ, माघ ७-
मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बुधबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो ।
नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो। स्कटल्यान्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन बनाइन्। ग्रवियल फन्टेलाले नटआउट १२ रनको योगदान दिइन्। तर, अन्य कुनै ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।