खेलकुद

खो–खो विश्वकप : नेपाली पुरुष टोली पनि उपविजेतामै सीमित

Banner

काठमाडौं, माघ ७-

पहिलोपटक आयोजित खो–खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको छ। नेपाल फाइनलमा भारतसँग पराजित भएको हो।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतवार राति सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४–३६ अङ्कले पराजित भएको हो।

यसअघि आइतवार नै भएको महिलातर्फको फाइनल खेलमा पनि नेपाल भारतसँग नै ७८–४० अङ्कले पराजित भएको थियो।

नेपाल पहिलो खेलमा भारतसँग ४२–३७ अङ्कले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले पेरूलाई ८०–३४ अङ्कले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अङ्कले तथा चौथो खेलमा भुटानलाई ९८–८ अङ्कले हराएको थियो।

नेपालले क्वार्टरफाइनलमा बङ्गलादेशलाई ६७–१८ अङ्कले तथा सेमिफाइनलमा इरानलाई ७२–२० अङ्कले पराजित गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>