अन्तर्राष्ट्रिय

भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी

Banner

काठमाडौं,माघ ६-

भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरुद्ध भारतमा पक्राउ पुर्जी जारी भएको छ । केरला औषधी नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरुद्ध औषधी ऐन आकर्षित गर्दै पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

औषधि र जादुमय उपचार (आपत्तिजनक विज्ञापन) ऐन, १९५४ उल्लङ्घन गरेको आरोपमा रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
यो ऐनले औषधिको चामत्कारिक लाभ वा उपचारसम्बन्धी भ्रामक दाबीको प्रतिबन्ध आकर्षित गर्ने पनि सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>