अन्तर्राष्ट्रिय

इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

Banner

काठमाडौँ, माघ ५-

इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरिएको छ । तीन जना न्यायाधीशलाई लक्षित गरी तेहराइनमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान १० बजेर ४५ मिनेटमा आक्रमण भएको हो ।

न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका छन् र उनको उपचार भइरहेको छ ।

आक्रमणकारीले न्यायाधीशलाई गोली हानेपछि आत्महत्या गरेको बताइएको छ । अधिकारीहरूले आक्रमणको पछाडिको उद्देश्यको बारेमा थप विवरणहरू जारी गर्न बाँकी रहेको छ।

रेजिनीको सन् १९९८ मा पनि हत्याको प्रयास भएको थियो । हमलाकारीले उनको गाडीमा चुम्बकीय बम जोड्दा सो आक्रमणमा उनी घाइते भएका थिए । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>