खेलकुद
पहिलो खेलमा नेपाल ५ विकेटले पराजित
०

काठमाडौं, माघ ५-
आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।
मलेसियाको बांगीमा नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । बंगलादेशकी सादिया इस्लामले सर्वाधिक १६ रन बनाइन् ।
बलिङमा नेपालकी कप्तान पूजा महतो, सिमाना केसी, रिया शर्मा र रचना चौधरीले एकएक विकेट लिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























