Breaking News

बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

Banner

काठमाडौँ, माघ ५-

यू–१९ टी२० महिला विश्वकपको पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ।

मलेसियामा जारी खेलमा नेपाल ५२ रनमा अलआउट भयो। कुल १८.२ ओभरसम्म मात्रै खेलेका नेपालका खेलाडीहरुमध्य साना प्रविन र सीमाना केसी बाहेक कसैलै पनि दोहोरो अंकमा रन बनाउन सकेनन्।

३० रन जोड्दा नेपालका आधा खेलाडी पेभिलियन फर्किसकेका थिए। ओपनर सावित्री धामी १, कप्तान पुजा महतो २, सोनी पाख्रिन र किरन कुँवरले १ रन मात्रै बनाए।

साना प्रविनले १९ रन जोडिन् भने सीमाना केसीले १० रन बनाइन्। त्यस्तै अलिशाकुमारी यादवले ४ रन, तिर्सना विश्वकर्मा ३, अनु कठायत ०, रचना चौधरी ३ र रिया शर्माले ५ रन मात्रै बनाउन सके।

नेपालमा ६ खेलाडी रनआउटको शिकार हुँदै बाहिरिएका थिए। विश्वकपमा छनोट भएपछि गत महिना एसीसी यू–१९ एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै नेपालले ऐतिहासिक जित हात पारेको थियो।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यो समूहमा नेपालसँगै बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन्। सुपर-६ मा पुग्नका लागि नेपालले कम्तिमा एक टोलीलाई पराजित गर्नुपर्छ।

प्रत्येक समूहबाट समान तीनरतीन टोली सुपर ६ मा पुग्नेछन्। सुपर ६ मा दुई समूह हुनेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>