अन्तर्राष्ट्रिय

सीसँग कुरा गरेपछि ट्रम्पले भनेः विश्वलाई शान्त बनाउन हामी पूर्ण प्रयास गर्नेछौँ

Banner

काठमाडौं,माघ ५-

निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गर्नुअघि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुराकानी गरेका छन्। यो वार्तामा दुई नेताबीच विभिन्न मुद्दाहरूमा छलफल भएको छ, जसमा अमेरिकामा टिकटक प्रतिबन्धको विषय पनि सामेल थियो। ट्रम्प र सी बीचको यो संवाद दुवै देशका लागि फाइदाजनक हुने अपेक्षा गरिएको छ।

सपथ ग्रहण कार्यक्रममा चीनको तर्फबाट उपराष्ट्रपति हान झेङ सहभागी हुनेछन्। ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, मलाई आशा छ कि हामी सँगै धेरै समस्याहरू समाधान गर्नेछौं र तुरुन्तै काममा लाग्नेछौं। उनले व्यापार सन्तुलन, टिकटक र अन्य मुद्दाहरूमा वार्ता भएको उल्लेख गर्दै भने, राष्ट्रपति सी जिनपिङ र म विश्वलाई शान्त र सुरक्षित बनाउन हरसम्भव प्रयास गर्नेछौं।

चिनियाँ विदेश मन्त्रालयले सीले ट्रम्पलाई उनको दोस्रो कार्यकालको बधाई दिँदै, अमेरिका र चीनको सम्बन्ध सुधार गर्न जोड दिएका छन्। यो फोन वार्ता त्यही दिन भएको हो, जब अमेरिकाको सर्वोच्च अदालतले टिकटक प्रतिबन्धको पक्षमा निर्णय सुनायो। सीले चीन-अमेरिका सम्बन्धको राम्रो शुरुवातको आशा व्यक्त गर्दै, दुवै देशका लागि ठूलो प्रगति सुनिश्चित गर्न चाहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>