अन्तर्राष्ट्रिय

युद्धविराम सम्झौतालाई मन्जुरी दिन नेतन्याहुले गरे अस्वीकार

Banner

तेल अभिभ, माघ ३-

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले गाजामा हमास र इजरायलबिचको युद्धविराम सम्झौतालाई मन्जुरी दिन अस्वीकार गरेको छ । हमासले अन्तिम क्षणको सङ्कटबाट पछि नहटेसम्म गाजा युद्ध विराम सम्झौता अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक नबस्ने उनले बिहीबार बताएका छन् ।

अन्तिम समयमा छुटहरू प्राप्त गर्ने प्रयासमा सम्झौताका केही अंशहरूबाट पछि हटेको आरोप नेतन्याहूको कार्यालयले हमासलाई लगाएको छ । इजरायली मन्त्रिपरिषद्ले बिहीबार सम्झौतालाई अनुमोदन गर्ने भनिएको थियो ।

पहिले पनि नेतान्याहूले व्यक्त गरेका थिए असहमति हमाससँगको युद्ध विराम सम्झौता अझै पूरा भएको छैन र यसलाई अन्तिम रूप दिने काम भइरहेको यसअघि नेतन्याहूले बुधवार अबेर राति भनेका थिए । नेतन्याहूको यो भनाइको केही घण्टाअघि मात्र अमेरिका र कतारले युद्ध विराम सम्झौताको घोषणा गरेका थिए । यसले गाजामा १५ महिना लामो युद्ध अन्त्य गर्ने र ठुलो सङ्ख्यामा बन्धकहरूलाई रिहा गर्ने मार्ग प्रशस्त गर्ने आशा गरिएको थियो ।

सम्झौताको घोषणापछि ठुलो सङ्ख्यामा प्यालेस्टिनीहरू सडकमा उत्रिएर उत्सव मनाएका थिए । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>