अन्तर्राष्ट्रिय
तिब्बत भूकम्पः तीन हजार ६०० भन्दा बढी परकम्प
०

काठमाडौं, माघ २-
चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) को दिंगी काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल तीन हजार ६१४ परकम्प मापन गरिएको चीन भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।
यीमध्ये धेरैजसो परकम्प ३.० म्याग्निच्युडभन्दा कमका थिए । ४.९ म्याग्निच्युडको एउटा र ५.० म्याग्निच्युडको अर्को शक्तिशाली परकम्प सोमबार राति मापन गरिएको थियो । त्यसबाट काउन्टीमा केही घरहरू भत्किएको बताइएको छ ।
यही जनवरी ७ मा दिंगीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी १२६ जनाको मृत्यु भएको थियो । सिन्ह्वा/न्युज
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























