खेलकुद

खोखो विश्वकपमा नेपालले आज ब्राजिलसँग खेल्दै

Banner

काठमाडौं, माघ २-

खोखो विश्वकपमा नेपालले आज ब्राजिलसँग खेल्दैछ।

खोखो विश्वकपमा पुरुष तर्फ नेपालले आज ब्राजिलसँग खेल्न लागेको हो। समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा भारतसँग ४२–३७ ले पराजित भएको थियो। हिजो भएको दोस्रो खेलमा नेपालले पेरुलाई ८०–३४ ले हराएको थियो।

२ खेलमा २ अंक बनाएको नेपालले आज नेपाली समय अनुसार बिहान साढे ११ बजे ब्राजिलसँग खेल्न लागेको हो। समूह एमा नेपाल भारत भुटान ब्राजिल र पेरु रहेका छन्। ब्राजिल भने अंक विहीन छ। ब्राजिललाई भारतले ६४–३४ ले हराएको थियो। यो समूहमा भारत दुई खेलमा अपराजित रहँदै चार अंकसहित शीर्ष स्थानमा रहेको छ। पहिलो खेलमा पेरुलाई हराएको भुटान दोस्रो स्थानमा छ।

नेपाल तालिकाको तेस्रो स्थानमा छ। दुई खेलमा पराजित पेरु तालिकाको पुछारमा रहँदा एक खेल खेलेको ब्राजिल अंकविहीन छ।

प्रतियोगिता अन्तरगत महिला तर्फ नेपाली टोलीले आजै श्रीलंकासँग खेल्न लागेको छ। दुई खेलमा शत प्रतिशत जित निकालेको नेपाल ४ अंकसहित समूह सीको शीर्ष स्थानमा छ।

नेपालले पहिलो खेलमा भुटानलाई ८३–२४ र जर्मनीलाई ७३–३४ ले हराएको थियो। एक खेल खेलेको श्रीलंका अंक विहीन छ। नेपाल र श्रीलंकाको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>