खेलकुद

भरतपुर मेयर्स कप क्रिकेटः अंकुरम एकेडेमी र गुरुकुल विजयी

Banner

चितवन, पुस २९–

ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आज (सोमबार) भएका खेलहरुमा अंकुरम एकेडेमी र गुरुकुल इङलिस स्कुल विजयी भएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा अंकुरम एकेडेमीले नेपाल पुलिस स्कुललाई २७ ले पराजित गरेको हो । अंकुरमले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस स्कुल निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सकेपछि अंकुरम २७ रनले विजयी भएको हो । नेपाल पुलिस स्कुलका मन्दिप गुरुङले २५, दिप्सन रोयले १६ रन बनाए । अंकुरमका आयुष आयुष कंडेल र शैलेस बमले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अंकुरम१९.३ ओभरमा १२३ रनमा अलआउट भयो । उसका लागि शैलेस बमले ४६ रन बनाए भने अनरुद्ध सिग्देल ३६ रनको योगदान दिए । पुलिसका मन्दिप गुरुङले ४ ओभरमा २२ रन खर्चिएर ४ विकेट लिए भने विष्णु यादवले २ विकेट लिए । अंकुरमका शैलेस बम प्लेयर अफ दि म्याच घोषित भए ।

यस्तै आजै भएको दोस्रो खेलमा गुरुकुल इङलिस स्कुलले बालकुमारी इङलिस स्कुललाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो । बालकुमारीले दिएको ७३ रनको झिनो लक्ष्य गुरुकुलले ९ ओभरमा विना विकेट ७५ रन बनाउँदै जित हात पार्‍यो । गुरुकुलको जितमा श्रीभद्र पौडेल अविजित ३७ र दिवस सुवेदीले अविजित १५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको बालकुमारी ८.२ ओभरमा ७२ रनमै अलआउट भयो । उसका लागि विवेक श्रेष्ठले १३ बलमा २२ रन बनाए भने आदित्य गुप्ताले १० रन बनाए । अन्या ब्याटरले खुलेर खेल्न नसक्दा बालकुमारी ९ ओभरभित्रै अलआउट भयो । गुरुकुलका युगान्त खत्रीले ३.२ ओभरमा १४ रन खर्चिदै महत्वपूर्ण ४ विकेट लिए । आयुष आलेले एक ओभरमा मेडन २ विकेट लिए ।

प्रतियोगिता अन्तरगत भोलि पनि दुई खेल हुनेछन् । विहान ९ः३० बजे हुने खेलमा भृकुटी इङलिस स्कुल र प्रेसिडेन्सी कलेजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा दिउँसो १ बजे स्मल हेभन स्कुल र एपेक्स एकेडेमीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
तीन महिनासम्म चल्ने प्रतियोगितामा ४७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछन् । पहिलो चरणमा संस्थागत र सामुदायिक विद्यालयको छुट्टाछुट्टै नकआउट चरणमा छनोट खेल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>