खेलकुद

च्याम्पियन्स ट्रफीसम्म रोहित नै भारतीय टोलीको कप्तान

Banner

नयाँ दिल्ली, पुस २८-

रोहित शर्मा फेब्रुअरी १९ देखि सुरु हुने च्याम्पियन्स ट्रफीसम्म भारतीय टोलीको कप्तान रहने भएका छन् । रोहितको कप्तानीमा रहेको भारतीय टोलीको उपलब्धिलाई ध्यानमा राख्दै उनलाई अर्को मौका दिइएको हो ।

शनिबार र आइतबार मुम्बईमा भएको समीक्षा बैठकमा फास्ट बलर जसप्रित बुमराहलाई नयाँ भारतीय कप्तान बनाउने विषयमा पनि छलफल भएको थियो ।

एएनआईका अनुसार रोहितको कप्तानीमा धेरै अविस्मरणीय उतारचढावहरू भएका छन्। २०२३ को आईसीसी क्रिकेट विश्वकपमा लगातार १० जित होस् वा २०२४ मा बार्बाडोसमा भएको टी २० विश्वकपको उपाधि जितेर भारतको पुनरागमन होस् । उनको नेतृत्वमा टोली विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा पनि पुगेको थियो।

बीसीसीआई अधिकारीहरूले मुम्बईमा बोर्डर गावस्कर ट्रफीमा भारतीय टोलीको प्रदर्शनको समीक्षा गरिरहेका छन्। भारत ३–१ ले पराजित हुनुका साथै रोहितले ब्याटिङमा समेत प्रदर्शन गर्न नसकेपछि उनको कप्तानी समस्यामा परेको छ । भारतीय टोलीले १० वर्षपछि अस्ट्रेलियासँगको द्विपक्षीय शृङ्खला हारेको हो । टोलीको अन्तिम हार सन् २०१४ मा भएको थियो ।

यसअघि भारतीय टोलीले आफ्नै घरमा न्युजिल्याण्डसँग ३–० को लज्जास्पद हार बेहोरेको थियो । यी दुई पराजयपछि भारत विश्व टेस्ट च्याम्पियनसिप–२०२३–२५ चक्रको फाइनलको दौडबाट बाहिरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>