चितवन विशेष

समिट हेल्थकेयरको स्वास्थ्य शिविरमा २०५ जनाले लिए सेवा

Banner

चितवन, पुस २८–

लायन्स क्लब अफ चितवन मालिका र समिट हेल्थकेयर अस्पताल प्रा.लि.को सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं.९ केन्द्रीय बस टर्मिनल नजिक समिट हेल्थ केयरको परिसमा आयोजित शिविरमा २०५ जना बिरामीले सेवा लिएका छन् ।

शिविरमा वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डा. शशांक कुमार सिंहले पेट, छाती, मुटु, मधुमेह, बाथ, थाइराइड तथा उच्च रक्तचाप रोग सम्बन्धी विषेशज्ञ स्वास्थ्य परामर्श र उपचार सेवा उपलब्ध गराएका थिए । शिविरमा दर्ता भएका बिरामीहरुलाई निःशुल्क परामर्श सहित सबैखाले ल्याव परीक्षण, एक्सरे, भिडियो एक्सरे, इको, लगायत सेवाहरुमा ५० प्रतिशत छुट समेत उपलब्ध गराएको अस्पताल जनाएको छ।

शिविरमा सहभागी बिरामीहरुले आगामी १० दिनसम्म अन्य सो सेवा समेत लिन सक्नेछन् । शिविरमा वरिष्ठ हाडजोर्नी विषेशज्ञ डा. गौरव न्यौपाने, वरिष्ठ महिला तथा प्रसूति रोग विषेशज्ञ डा. बन्दना न्यौपाने, मेडिकल अधिकृत डा. निराजन विक्रम सिंह सुनारको सहभागीता रहेको थियो। स्वास्थ्य शिविरको सह–आयोजकमा लायन्स क्लब अफ चितवन नारायणी रहेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>