समाचार

एनआरएनलाई विदेशी लगानी स्वीकृति नचाहिने

Banner

काठमाडौं, पुस २७-

सरकारले गैरआवासीय नेपालीलाई विदेशी लगानीको स्वीकृति आवश्यक नहुने गरी कानून संशोधन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले शुक्रबार आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि अन्य विदेशी लगानीजस्तै गैरआवासीय नेपालीले गरेको लगानी पनि उद्योग विभागबाट स्वीकृत लिनुपर्ने व्यवस्था थियो । तर, सरकारले प्रस्ताव गरेअनुरुप अध्यादेश बनेपछि भने गैरआवासीय नेपाली सम्बन्धी ऐनको ऐनको दफा ७ र ८ बमोजिम आएको लगानीको विषयमा विभागलाई जानकारी मात्रै दिए पुग्ने व्यवस्था गरेको हो । त्यसरी जानकारी प्राप्त भएपछि विभागले स्वतः स्वीकृत गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

गैरआवासीय नेपाली ऐनको दफा ७ मा गैरआवासीय नेपाली वा गैरआवासीय नेपालीको ५० प्रतिशतभन्दा बढी लगानी भएको कुनै विदेशी कम्पनीले नेपालमा विदेशी लगानीका लागि खुला भएका क्षेत्रमा परिपत्र्य विदेशी मुद्रामा लगानी गर्नसक्ने व्यवस्था छ । यसरी विदेशी मुद्रामा गरेको लगानी उद्योग विभागबाट स्वीकृत गर्नुपर्ने विद्यमान व्यवस्थामा संशोधन प्रस्ताव गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>