राजनीति

ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन

Banner

काठमाडौँ, भदौ २४ –

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन आवश्यक व्यवस्थापन मिलाउन नेपाल आयल निगमका पदाधिकारी र ग्यास उद्योगीलाई निर्देशन दिनुभएको छ ।

मन्त्री यादवले काठमाडौँ उपत्यकामा एउटा कम्पनीको ग्यास उपलब्ध नभएमा अर्को कम्पनीको ग्यास सिलिन्डरसँग उही मूल्यमा साट्न सकिने व्यवस्था गर्नसमेत निर्देशन दिनुभयो ।

त्यस व्यवस्थाबाट उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर तत्काल उपलब्ध नभएको अवस्थामा अन्य कम्पनीको सिलिन्डरमार्फत समेत ग्यास प्राप्त गर्न सक्नेछन् ।

मन्त्रीको सचिवालयका अनुसार बाढीका कारण उत्पन्न आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो ।

मन्त्री यादवले उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सृजना गर्ने वा तोकिएको व्यवस्थाविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट पार्नुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>