समाचार
अख्तियारलाई मेयर साम्पाङको जबाफ ‘मेरो कामको हिसाब नखोज्नु’
०
![Banner](https://narayanionline.com/wp-content/uploads/2024/01/Harka-Sampang-Mayor-dharan.jpg)
धरान, पुस २७
धरानका मेयर हर्क साम्पाङले मुलुकको संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उल्टै उसैको काम सम्झाउँदै र आफूले गरिरहेको कामको हिसाब नखोज्न भन्दै पत्र पठाएका छन्।
मेयर साम्पाङको नेतृत्वमा धरानमा जारी विभिन्न योजनाहरुमा आर्थिक अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले उनलाई सोधपुछका लागि भन्दै पत्राचार गरेको थियो।
शुक्रबार आफूले पत्र पाएको बताउँदै मेयर साम्पाङले आफूले गरिरहेको काममा राज्यको पैसा खर्च नभएका कारण अख्तियारले हिसाब खोज्न नहुने जबाफ पठाएका हुन्।
मेयर साम्पाङविरूद्ध श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजना निर्माण र सुम्निमा पारुहाङको मूर्ति निर्माणमा अख्तियारको दुरुपयोग गरेको तथा आर्थिक अनियमितता गरेको आरोपसहितको उजुरी अख्तियारमा परेको थियो।