नवलपरासी

नवलपरासीको एक विद्यालयका लेखापाल र विव्यस सदस्य ६५ हजार घुससहित पक्राउ

Banner

नवलपरासी,पुस २४-

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले गुप्ता र कहारलाई ६५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।
उनीहरूले भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा बुटवल कार्यालयबाट गएको टोलीले रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

सेवाग्राहीबाट ६५ हजार रूपैयाँ घुस लिइरहेको अवस्थामा लेखापाल गुप्ताको कार्यकक्षबाट बुधबार उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>