समाचार

ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा विज्ञको जोड

Banner

काठमाडौँ, पुस १९-

उर्जा क्षेत्रका विज्ञहरुले मुलुकलाई समृद्ध बनाउन उर्जामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । सरकारले निजी क्षेत्रलाई सहुलियत दरमा ऋण दिनुपर्ने मागसमेत विज्ञहरुले गरेका छन् ।

यहाँ आज आयोजित साक्षात्कारमा उनीहरुले सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरेमा मात्रै काम गर्न सकिने जनाए । उक्त काममा सरकारले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।

उर्जा विज्ञ कृष्णप्रसाद भण्डारीले २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य दुरगामी र महत्वकांक्षी रहेको टिप्पणी गर्नुभयो । सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा यही पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कार्ययोजना स्वीकृत गरेको थियो ।

“हामीले तीन दशकमा तीन हजार चार सय मेगावाट बिजुली उत्पादन गर्‍यौँ, त्यो पनि ८० प्रतिशत निजी क्षेत्रले गरेको छ, १० वर्षभित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादनका लागि आर्थिक स्रोत कहाँबाट ल्याउने?”, विज्ञ भण्डारीले भन्नुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्लेले राज्यले ऊर्जा क्षेत्रमा लिएको लक्ष्य सरकार र नीति क्षेत्र मिलेको खण्डमा मात्र पूरा गर्न सकिने धारणा राख्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>