अर्थ वार्ता

एकैदिन तोलामा दुई हजार रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Banner

काठमाडौैँ, पुस १९-

आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको बुधबार र बिहीबार दुई दिनमा १९ सय बढेको सुनको मूल्य आज एकैदिन दुई हजार रुपैयाँ बढेको हो।

आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार पाँचसय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार पाँचसय रुपैयाँ थियो। बुधबार प्रतितोला एक हजार चारसय र बिहीबार सुनको मूल्य पाँचसय रुपैयाँ बढेको थियो। गतसाता लगातार घटेको सुनको मूल्य यो साता बढेको हो।

आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला २० रुपैयाँ बढेर आज चाँदीको मूल्य एक हजार आठसय १० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँ बढेर चाँदीको भाउ एक हजार सातसय ९० रुपैयाँ पुगेको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>