अन्तर्राष्ट्रिय

गाजाबाट ५५ जना बिरामीलाई युएई पुर्याइयो

Banner

एजेन्सी, पुस १७-

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजा पट्टीबाट ५५ बिरामी विशेष उपचारका लागि मङ्गलबार संयुक्त अरब इमिरेट्स (युएई) लगिएको जनाएको छ।

बिरामीसँगै उनीहरूका ७२ जना सहयोगीलाई पनि सँगै लगिएको छ। डब्लुएचओका अनुसार बिरामीमा स्वप्रतिरक्षा (अटोइम्युन) प्रणाली, रगतसम्बन्धी रोग, क्यान्सर, मुटुसम्बन्धी रोग, आँखा तथा मृगौलाको समस्या, ‘ट्रमा इन्जुरी’, नशाको समस्या र छालासम्बन्धी समस्या रहेको छ।

गाजामा इजरायली आक्रमणका कारण सीमित स्वास्थ्य केन्द्रमा पनि स्वास्थ्यकर्मी, उपकरण, शैया र औषधीको अभाव भएको छ। संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायले भनेको छ, “अझै पनि १२ हजारभन्दा बढी बिरामीहरूलाई गाजा बाहिर चिकित्सकीय स्थानान्तरणको आवश्यकता छ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>