चितवन विशेष
नारायणगढ लेडी जेसिजको अध्यक्षमा एलिना
०
चितवन, पुस १६-
नारायणगढ लेडी जेसिजको अध्यक्षमा जेसी एलिना श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।
आज (मंगलबार) भएको चौथो साधारणसभा तथा २८ औं शाखा अधिवेशनबाट सन् २०२५ का लागि श्रेष्ठको अध्यक्षता निर्विरोध नयाँ समिती चयन गरिएको हो । यस्तै कार्यकारी उपाध्यक्षमा जेसी सीता रसाइली र संगीता थापा मगर चयन हुनुभएको निर्वाचन प्रमुख रमा श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै उपाध्यक्षमा जेसी वर्षा श्रेष्ठ प्रधान, जेसी इशा प्रधान, जेसी रन्जु घिमिरे, जेसी सुजना अधिकारी चयन हुनुभएको छ । त्यसैगरी निर्देशकमा जेसी दुर्गा शर्मा अधिकारी, जेसी प्रीयान्शु श्रेष्ठ, जेसी विनिता गुरुङ, जेसी भावा शाक्य बज्राचार्य चयन हुनुभएको छ ।
अधिवेशन सन् २०२४ कि अध्यक्ष हिमा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>