खेलकुद

चितवनमा आजदेखि पालिकास्तरीय कराँते प्रतियोगिता

Banner

चितवन, पुस १२-

भरतपुर भ्रमण वर्षको वार्षिकोत्सवको अवसरमा आजदेखि पालिकास्तरीय कराँते प्रतियोगिता हुँदै छ । भरतपुर महानगरपालिका वडा नं २१ को अन्नपूर्णा माविमा हुने प्रतियोगिता शनिवारसम्म चल्ने छ । भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले कराँते प्रतियोगिताको लागि ५०० बढी खेलाडीले नाम दर्ता गरेको बताए । प्रतियोगितामा चितवनका सात पालिका र चितवन बाहिरका चार पालिकाका खेलाडीहरु सहभागी हुने अध्यक्ष श्रेष्ठले बताए ।

चितवन बाहिरबाट नुवाकोट, तनहुँ, नवलपरासीका पालिकाहरुले पनि खेलमा भाग लिनेछन् । नुवाकोटको शिवपुरी गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका, गैँडाकोट नगरपालिका र तनहुँको देवघाट गाउँपालिकाले कराँते प्रतियोगितामा भाग लिएका छन् ।

अध्यक्ष विकास श्रेष्ठका अनुसार खेलमा प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडल र प्रमाणपत्र वितरण गरिनेछ । प्रतियोगिताको उद्घाटन र समापन महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले गर्ने नगर खेलकुद विकास समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>