शिक्षा

आईएसएमटी एक्स्पोमा विभिन्न २० प्रोजेक्टको प्रदर्शनी

Banner

चितवन, पुस ९-

काठमाडौंको तीनकुनेस्थित आईएसएमटी कलेजले आईएसएमटी एक्स्पो सम्पन्न गरेको छ । गएको बिहीवार र शुक्रवार भएको एक्स्पोमा आईएसएमटी कलेजमा आईटीमा अध्ययनरत विद्यार्थीहरुले बनाएको रोबोट, गेमिङ, फ्रि डिटेक्टर लगायत विभिन्न २० वटा प्रोजेक्टहरुको प्रदर्शनी गरिएको थियो ।

विद्यार्थीहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई सबल र सक्षम बनाउनुका साथै विद्यार्थीहरुलाई प्रोत्साहन गर्न उनीहरुको क्षमता प्रदर्शन गर्न एक्स्पो आयोजना गरिएको आईएसएमटी कलेजका बिजनेश डेभलपमेन्ट हेड बासुदेव वस्तीले बताए । एक्स्पोको डा शशांक कोइराला, रामकुमारी झाँक्री, उदय शमशेर राणा, रमेश खरेल, ऋषि धमला लगायत समाजका प्रतिष्ठित व्यक्तिहरुले अवलोकन गरेको उनले जानकारी दिए । वस्तीका अनुसार विद्यार्थीहरुसँग उनीहरुको प्रोजेक्टको बारेमा अन्तरक्रिया पनि भएको थियो ।

विभिन्न कलेजका शिक्षक, कर्मचारी, विद्यार्थी लगायत चार हजार भन्दा बढी व्यक्तिहरुले एक्स्पोको अवलोकन गरेको उनले जानकारी दिए । आईएसएमटी ग्रुपले काठमाडौँ, चितवन, पोखरा, विराटनगर, बुटवलामा पनि युनिभरसिटी अफ सुन्दरल्याण्डकै सम्बन्धनमा कलेज सञ्चालन गरी बिबिए, बिएचएम, बिएससी, आईटी (सिएसई), बिएससी (हन्स) साइवर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक र एमबिए कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>