चितवन विशेष
एसवन होम्स र चितवन सेवा समाज बीच साझेदारी, हरेक डिजाइनमा ५० प्रतिशत छुट
चितवन, पुस ९-
निर्माण क्षेत्रमा सक्रिय एसवन होम्स र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको सामाजिक संस्था चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति बीच पुस ७ गते साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौताको उदेश्य बिदेशमा बसेर काम गरिरहेको संस्थामा आबद्ध व्यक्तिले घर तथा भवन बनाउँदा गुणस्तरिय सेवा प्रदान गर्ने र झन्झटिलो हिसावबाट घर बनाउन सहज गर्नका लागि आवश्यक परामर्श दिने रहेको एसवन होम्सका प्रवन्ध निर्देशक सुरज न्यौपानेले जानकारी दिए ।
साझेदारी अनुसार चितवन सेवा समाज अन्तर्राष्ट्रिय समवन्वय समितिमा आवध्द भएका व्यक्तिले एसवन होम्स मार्फत घर बनाउन लाग्ने डिजाईन शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । यो वाहेक अन्य निःशुल्क सेवा समझदारी पत्रमा खुलाईएको छ । छुट प्राप्त गर्न सेवाग्राहीले उक्त समितिको आधिकारिक सदस्यता कार्ड अथवा हस्ताक्षर पेश गर्नुपर्नेछ ।
साझेदारी अन्तर्गत दुवै पक्षको सहमतिमा प्रचार सामाग्री तयार गरि घर तथा भवन निर्माणमा घरधनीको अनुभवको अभावले व्यहोर्नु पर्ने समस्याहरु जस्तै धेरै समय लाग्नाले समाग्रीहरुको मूल्य बृद्धि भई आर्थिक उल्झन धेरै लाग्ने र बिभिन्न झन्झटिलो प्रकृयाहरुको सामना गर्नुपर्ने भएकोले उक्त समस्यालाई मध्येनजर गर्दै दक्ष तथा अनुभवि ईन्जिनियरिङ निगरानीमा कम्पनीले तोकिएको समयभित्र गुणस्तरिय घर तथा भवन निर्माण गरि सम्वन्धितलाई हस्तान्तरण गर्ने गरेको प्रवन्ध निर्देशक न्यौपानेले जानकारि दिए ।
घर तथा जग्गा खरिद बिक्रि गर्दै आईरहेको एसवन होम्सले आफ्नै वेवसाइट तथा मोबाइल एप र सोसल मिडिया मार्फत घर तथा जग्गा बिज्ञापन गरि खरिद बिक्रिमा पुर्ण सहयोग समेत गर्ने उनले बताए । आधुनिक तथा भुकम्प प्रतिरोधात्मक भवन निर्माण तथा ईन्टेरियर डिजायन तथा डेकोरेशन गर्दै आईरहेको एसवन होम्सले वाटर प्रुफिङ र धमिराको निर्मुलिकरणको काममा पनि निरन्तरता दिदै आईरहेकोछ जानकारि कम्पनीका व्यवस्थापक शिव ढकालले जानकारि दिए ।
चितवनको विकासका लागि सहयोग गर्नुपर्छ भन्ने सामाजिक भावनाबाट उत्प्रेतरित भई सचेतनापूर्वक एक आपसमा सहकार्य गर्ने परिकल्पनाका साथ गठन भएको चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति विश्वका अधिकांश मुलुकहरु समेत गठन भई स्थापना कालदेखि नै गृह जिल्ला चितवनका शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र समाजमा मानवीय परोपकारी कार्य तथा प्रवास गएर अफ्ट्यारोमा परेका चितवनवासीहरुलाई सहयोग गर्दै आईरहेको समन्वय समितिका अध्यक्ष दिपक गौतमले जानकारि दिए ।
यो सम्झौताले संस्थामा आबद्ध भएका व्यक्तिले घर तथा भवन निर्माण गर्नुपरेमा निमार्ण कम्पनी एसवन होम्स मार्फत काम गर्दा स्वयम् व्यक्तिलाई फाइदा हुने कम्पनिका अर्का व्यवस्थापक शिव प्रसाद रेग्मीले बताए ।