समाचार
लोडसेडिङ हुँदा खुसी हुने जमात देखियोः कुलमान घिसिङ

काठमाडौं, पुस ५-
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताएका छन् ।
नेपाल पूर्वाधार पत्रकार समाजद्वारा शुक्रबार आयोजित कार्यक्रममा घिसिङले लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैलाएको पनि बताएए ।
अहिले लोडसेडिङ नभएर आयोजनामा आएको प्राविधिक कारण केही घण्टा जलविद्युत् वितरणमा समस्या भएको उनको भनाइ छ । उनले माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने बित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे ।
उनले व्यस्त समयमा केही मात्रै उद्ययोगको लाइन काटेको जिकिर गर्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए । उद्योगीले सोही व्यस्त समयमै विद्युत् काट्यो भनेर बखेडा झिकेको उनको भनाइ छ ।
‘तामाकोशी १० दिनमा जोडिएपछि त्यो समस्या पनि हराउँछ,’ उनले भने । नेपालको पूर्वाधार क्षेत्रमा ठुल्ठूला विकासका परियोजनमा काम भइरहेको उनको भनाइ छ ।


























