समाचार
पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन
०
काठमाडौँ,पुस ४-
राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८० वर्षको उमेरमा भारतको भोपालमा निधन भएको छ ।
श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडितको उपचारमा रहनुभएका रासस अङ्ग्रेजी सम्पादन शाखाका पूर्वप्रमुख राणाको भोपालस्थित सिद्धान्त सुपरस्पेसिलिटी अस्पतालमा आज बिहान निधन भएको उहाँका भाई प्रभात शम्शेर राणाले जानकारी दिनुभयो । स्व राणाको आजै अन्त्येष्टि गरिने बताइएको छ ।
सन् १९४४ सेप्टेम्बर २७ मा काठमाडौँमा जन्मनुभएका राससका पूर्वसम्पादकसमेत रहनुभएका राणा सेवा निवृत्तपछि भोपाल बस्दै आउनुभएको थियो । उहाँका दुई छोरा हुनुहुन्छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>