चितवन विशेष

खैरहनीमा अचेत अवस्थामा फेला परेका व्यक्तिको मृत्यु

Banner

चितवन, पुस ३-

खैरहनी नगरपालिका–७ सुर्तानास्थित उर्मिला उप्रेतीको गाई फार्ममा काम गर्ने मजदुरको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी अचेत अवस्थामा फेला परेका बारा घरभई गाई फार्ममा काम गर्ने ३० वर्षीय आशा पासवानको मंगलवार मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलवार बिहान करिब १० बजेको समयमा पासवानले मापसे गरी आफ्नै कोठामा सुतेका थिए । सुतिरहेका पासवान अचेत अवस्थामा फेला परेपछि गाई फार्मका सञ्चालकले पासवानलाई उनकै श्रीमतिको साथमा उपचारका लागि भरतपुर अस्पताल पठाएका थिए ।

मंगलवार बिहान १०ः४५ बजे डाक्टरले पासवानलाई मृत घोषणा गरेका हुन् । मुचुल्का र पोष्टमार्टम पश्चात आफन्तले शव बुझेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>