खेलकुद

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा कीर्तिपुरबाट ४ जना भारतीय नागरिक पक्राउ

Banner

काठमाडौं, मंसिर २०-

नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट नै उनीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

बुधबार (हिजो)साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका तीनजना नै भारतीय नागरिक रहेका सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेमा भारतका सन्दीपकुमार सिंह, रोहित शर्मा र प्रिन्स सिंह छन् ।

प्रहरीले यसअघि गएको सोमबार दुई र मंगलबार दुई गरी चारजनालाई पक्राउ गरेको थियो । उनीहरू चारैजना पनि भारतीय नागरिक हुन् । पक्राउ परेकाहरूले अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको खुलेको सीआईबीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>