समाचार
जाजरकोटमा जीप दुर्घटना, मध्यपहाडी लोकमार्गमा कार्यरत दुई मजदुरको मृत्यु
०

सुर्खेत, मंसिर २०-
जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । मृत्यु हुनेमा मध्यपहाडी लोकमार्गमा कार्यरत कैलाली घर भएर हाल भेरी नगरपालिका–७ बस्ने अन्दाजी २४ वर्षीय मनोज केसी र सोही आयोजनामै काम गर्ने जुम्ला घर भएका २२ वर्षीय मिथुन हमाल रहेको जाजरकोट प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँ नजिकै जीपत गएराती जीप दुर्घटना भएको थियो।
कार्कीगाउँबाट जतिपुरतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ४७११ नम्बरको जीप सडकबाट ७ सय मिटर तल खसेको उनले बताए ।
दुर्घटनामा लोकमार्गकै मजदुर २२ वर्षका कमल चौधरी घाइते भएको र उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























