घटना -दुर्घटना

मकवानपुरको बकैयामा बस दुर्घटना, २२ जना घाइते

Banner

मकवानपुर, मंसिर १९-

हेटौंडा-सिन्धुली सडकअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बुधबार बिहान बकैयाँ गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएको हो ।

घाइतको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । हेटौंडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस सडकबाट केही तल पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनाको अन्य विवरण आउन बाँकी रहेको छ भने बसमा ३६ जना भन्दा बढी सवार रहेको जनाइएको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>