खेलकुद

चितवनविरुद्ध टस जितेर फिल्डिङमा पोखरा

Banner

काठमाडौं, मंसिर १८-

नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबार हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।

पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएका हुन् । प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

पोखराको भने प्रतियोगिताको पहिलो खेल हो । त्रिवि क्रिकेट मैदानमै हुने यो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । खेलमा चितवन कुशल मल्ल र पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा उत्रिनेछ । यी दुई कप्तान पनि राष्ट्रिय टिमका नियमित सदस्य हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>