खेलकुद

सुदुरपश्चिमविरुद्ध विराटनगरले बलिङ गर्दै

Banner

काठमाडौं, मंसिर १८-

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज हुन लागेको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सले टस जितेको छ। विराटनगरले टस जितेर पहिले बलिङ रोजेको छ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित विराटनगर आज पहिलो जितको खोजीमा छ।

विराटनगरले आफ्नो पहिलो खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटको हार ब्यहोरेको थियो।

सुदूरपश्चिमको भने यो पहिलो खेल हो। प्रतियोगिता अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सको सामना गर्नेछ। खेल दिउँसो १ बजे सुरु हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>