क्रिकेट
काठमान्डु गुर्खाजको कप्तान करण
०

काठमाडौं,मंसिर १७-
करण केसीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजको कप्तानी गर्ने भएका छन् । गुर्खाजले आइतबार आफ्नो समाजिक सञ्जाल मार्फत कप्तान र उपकप्तानको घोषणा गरेको थियो । टोलीको उपकप्तानमा नामिबियाका कप्तान जेरहार्ड इरसमस रहेका छन् ।
गुर्खाजले सोमबार चितवन राइनोजविरुद्ध खेल्दै एनपीएलको सुरुआत गर्नेछ । गुर्खाजले करणलाई ‘मार्की’ खेलाडीको रुपमा लिएको थियो । करणले यसअघि धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र नेपाल टी–२० लिगमा विभिन्न फ्रेन्चाइज टोलीको कप्तानी गरिसकेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























