चितवन विशेष

राइटपाथ आजबाट सातौं वर्षमा प्रवेश

Banner

चितवन, मंसिर १६–

शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङको चितवन शाखा सातौं वर्षमा प्रवेश गरेको छ ।

आजबाट सातौँ वर्षमा प्रवेश गरेसंगै राइटपाथले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै विभिन्न अफरहरू समेत सार्वजनिक गरेको छ ।

जस अनुरुप विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत छुट पाउने छन् । साथै आईएलटीएस र पिटिईको कक्षामा ५० प्रतिशत छुट दिइएको राइटपाथ चितवनका प्रबन्धक निर्देशक सुरज पौडेलले बताए । उनले यसै हप्ता भित्र सम्पर्कमा आउने विद्यार्थीहरूले ३५ सय छुट सहित २८ हजारमा नै आईएलटीएसको डेट बुकिङ्ग गर्न सकिने जानकारी दिए ।
राइटपाथ चितवनले रु २ हजारमा नै अनलाइन आईएलटीएस र पिटिईको कक्षामा सहभागी हुन सकिने पनि जानकारी दिएको छ । अफर मंसिर २१ गतेसम्म मात्र लानुहुने छ ।

विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई राइटपाथले करियर काउन्सिलिङ गर्दै आएको छ।
राइटपाथले देशका विभिन्न स्थानमा सेवा विस्तार गर्दै विद्यार्थीलाई परामर्श सेवा दिँदै आएको छ । काठमाडौँको पुतलीसडकमा मुख्य कार्यालय रही अन्य स्थानहरू, ललितपुर, चितवन, हेटौँडा, दाङ, बुटवल र धनकुटामा समेत सेवा विस्तार गरिसकेको छ ।
राइटपाथले युके, अमेरिका, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा जस्ता शैक्षिक गन्तव्यका लागि काम गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>