निर्वाचन
दैलेखको महाबुमा बिहान ११ बजेसम्म ३ हजार ४४ मत खस्यो
०

सुर्खेत, मंसिर १६-
दैलेखको महाबु गाउँपालिकामा मतदान जारी छ । अध्यक्षका लागि बिहानै ७ बजेबाटै शुरु भएको मतदान जारी छ । ११ बजेसम्म तीन हजार मत खसेको छ ।
जिल्ला निर्वाचन अधिकृत नरबहादुर सलामीका अनुसार तीन हजार ४४ मत खसिसकेको छ । महाबुमा १२ हजार ६१४ मतदाता रहेका छन् । अहिलेसम्म २४.१३ प्रतिसत मत हो ।
त्यस्तै दैलेखको दुल्लु नगरपालिका–१३ मा बिहान ११ बजेसम्म ६६६ मत खसेको छ । दुल्लुमा २ हजार ७०६ जना कुल मतदाता रहेको निर्वाचन अधिकृत सलामीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























