खेलकुद

यू-१९ एसिया कप खेल्न जाने टोलीको आज बिदाइ

Banner

काठमाडौं, मंसिर ११-

नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी पुरुष अन्डर–नाइन्टिन एसिया कप खेल्न जाने नेपाली टोलीको आज बिदाइ गर्ने भएको छ।

दुबईमा शुक्रबार सुरु हुने एसिया कपका लागि नेपालले शनिबार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो। टोलीको आज दिउँसो साढे १२ बजे नागपोखरीस्थित एक ब्यांक्वेटमा बिदाइ कार्यक्रम राखिएको क्यानले जनाएको छ।

एक दिवसीय एसिया कप क्रिकेट मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । समूह बीमा रहेको नेपालको पहिलो खेलमा मंसिर १४ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। दोस्रो खेलमा मंसिर १६ गते बंगलादेश र अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्ने तालिका छ।

प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन्। समूह ए मा भारत, पाकिस्तान, जापान र युएई छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल मंसिर २३ गते हुने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>