घटना -दुर्घटना

पञ्चपुरी जिप दुर्घटना: घाइतेहरूको पहिचान खुल्यो, अवस्था सामान्य

Banner

काठमाडौँ, मंसिर ८-

सुर्खेतको पञ्चपुरी नगरपालिका–५ मा  दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

शनिबार बाबियाचौरबाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०७ नम्बरको जिप गरगरेस्थित बाबियाचौर–कुइने भित्री सडकखण्डमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेकामध्ये घाइते हुनेमा सुर्खेत पञ्चपुरी नगरपालिका–५ का ५६ वर्षीया पार्वती घर्ती मगर र नरबहादुर देउवा, वडा नम्बर-९ का २० वर्षीया वर्षा सुनार र ४० वर्षीय वीरेन्द्र सुनार, वडा नम्बर-८ का ३५ वर्षीय शिवराज सुनार रहेका छन्।

त्यस्तै, पञ्चपुरी नगरपालिका–२ की ३२ वर्षीया भावना रोकाय, दैलेख दुल्लु नगरपालिका–३ का २२ वर्षीय प्रकाश महत, कैलाली घोडाघोडी नगरपालिका–७ का ३७ वर्षीय सन्तोष (थर नखुलेको) र ३६ वर्षीया सरस्वती धामी, कैलाली लम्की नगरपालिका–६ की ८ वर्षीया पृती घिमिरे र ३० वर्षीया टीका घिमिरे घाइते भएका छन्।

प्रहरी निरीक्षक वकिल सुनारका अनुसार, घोडाघोडी नगरपालिका–४ का ४५ वर्षीय खगेन्द्र कँडेल र डडेलधुरा पर्सुराम नगरपालिका–६ का ३० वर्षीय गणेशप्रसाद जैसी पनि घाइते भएका छन्।

घाइतेहरूको बाबियाचौरस्थित पञ्चपुरी अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको जिप आफैँ अनियन्त्रित भई सडकको बायाँ किनाराबाट करिब १० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। जिप

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>