समाचार

सभामुख घिमिरे आज राति कम्बोडिया जाने

Banner

काठमाडौं, मंसिर ७-

सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। राष्ट्रिय संसद्को ११औँ महासभामा सहभागी हुन सभामुख घिमिरे राति सवा १० बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

शनिबारदेखि सोमबारसम्म महासभाका विभिन्न बैठक र कार्यक्रममा सहभागी भएर सभामुख घिमिरे मंगलबार स्वदेश फर्किने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार महासभाका क्रममा केही भेटवार्ता र ‘साइडलाइन मिटिङ’ पनि हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>