समाचार

समयमै ऋण चुक्ता नगर्ने २ दर्जन सहकारी सीआईबीको कालोसूचीमा

Banner

काठमाडौं, मंसिर ६-

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने दुई दर्जन सहकारी कालोसूचीमा परेका छन् । गएको कात्तिक महिनामा कर्जा सूचना केन्द्र (सीआईबी) ले २४ वटा सहकारीलाई कालोसूचीमा राखेको हो ।

साना वित्त विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, एभरेष्ट बचत तथा ऋण सहकारी, हिमरोशनी बचत तथा ऋण सहकारी संस्था, अबितारा बचत तथा ऋण सहकारी संस्था र साइनो बचत तथा ऋण सहकारी संस्था समेत कालोसूचीमा परेको छ । यस्तै चुरियामाई बचत तथा ऋण सहकारी संस्था, युनिफाइड बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्रमजिवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र गंगाजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कालोसूचीमा परेका छन् ।

श्रमजिवी बचत तथा ऋण सहकारी संस्था, हरियाली सहकारी, सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धरणिधर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ग्रेटगंगासागर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नियोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कालोसूचीमा परेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>