खेलकुद

चितवन राइनोज खेलाडी र व्यवस्थापनबीच मैत्रीपूर्ण खेलमा खेलाडी टोली विजयी

Banner

चितवन, मंसिर ६–

चितवन राइनोजले बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा ‘ब्याटल अफ राइनोजः ब्रेकिङ द क्र्यास’ कार्यक्रम सम्पन्न गरको छ ।

कार्यक्रममा राइनोज व्यवस्थापन र राइनोजका खलाडीबीच मैत्रीपूर्ण १०/१० ओभरको प्रतिस्पर्धा भएको थियो । फ्रेन्चाईज अध्यक्ष आयुष न्यौपाने, चितवन क्रिकेट संघका अध्यक्ष सदीप पियालगायत टोलीसंगआवद्ध व्यक्तित्वहरु राइनोज व्यवस्थापनको टोलीमा समावेश भएर खेलेका थिए । खेलमा एक ट्वीस्ट रहेको थियो, जहाँ राइनोजका खेलाडीहरुलाई दुई पक्षहरुबीचको स्तर सन्तुलन गर्न आफूले खेल्दै आएको भन्दा विपरीत हातहरु प्रयोग गरेर प्रतिस्पर्धा गर्न चुनौति दिइएको थियो । यो नियमले खेलमा मनोरञ्जन थपेको थियो ।

कार्यक्रमको मार्फत टोलीका सदस्यहरू र व्यवस्थापनका बीच सौहार्द वातावरण सिर्जना गर्ने जमर्को गरेको थियो । कार्यक्रमको समुद्घाटन सत्रमा बोल्दै चितवन राइनोजका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुष न्यौपानेले भने–‘यो कार्यक्रम चितवन राइनोज परिवारमा अघि बढिरहेको एकता र दृढताको उत्सव हो ।’ चितवन राइनोजका मार्की कुशल मल्लले पनि कार्यक्रममा खुशी व्यक्त गरे । उनले भने–टोली भित्र बलियो बन्धन बनाउनका लागि आजको खेल महत्वपूर्ण रह्यो । हाम्रो मस्कट मिस्टर गैंडाको संलग्नताले कार्यक्रममा रमाइलो पनि थप्यो ।

कार्यक्रममा चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपाने, प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा र चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले मन्तव्य व्यक्त गर्दै यस कार्यक्रमले आत्यिमता बढाएको बताए । उनीहरुले चितवन राइनोजलाई जितको शुभकामना दिँदै टिमको एन्थमले भने जस्तैः युद्धको मैदानमा गएर लडेर हारेर होइन जितेर फर्कन शुभकामना दिए ।

उक्त खेलमा राइनोज खेलाडी टोली विजयी भयो । पहिले ब्याटिङ गरेको व्यवस्थापन पक्षले १० अ‍ेभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएको थियो । कप्तान आयुष न्यौपाने शून्यमै आउट भएका थिए । साकार लामाले सर्वाधिक १३ रन बनाए भने सिदेश पाटिलले ९, सुदिप पिया ८ र आशिष खड्का ५ रन बनाएर रिटायर्डहर्ट भएका थिए ।

राइनोज खेलाडीको तर्फबाट दीपक बोहोराले २ र कुशल मल्लले १ विकेट लिए । ६१ रनको लक्ष्य पछ्याएको राइनो खेलाडीहरुले ९.३ ओभरमा ७ विकेट गुमाउँदै ६४ रन बनाउँदै जित हात पार्‍यो । उसका लागि सन्तोष कार्कीले १७, दीपक बोहोराले १० रनमा बनाए । व्यवस्थापनको पक्षबाट राजन शाहले २, आयुष न्यौपाने, अर्जुन केसी, मनिष सापकोटा र साकार लामाले समान एक विकेट लिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>