समाचार

हात्तीले आक्रमण गर्दा झापामा एकजनाको मृत्यु

Banner

काठमाडौं, मंसिर २-

जंगली हात्तीले आक्रमण गर्दा झापामा एक व्यक्तिको मृत्यु भएको छ।

दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीको आक्रमण गर्दा स्थानीय ४५ वर्षीय मीनबहादुर भट्टराईको आज बिहान मृत्यु भएको हो।

जंगली हात्तीले बिहान सबेरै स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लागेपछि हात्ती भगाउँदा छिमेकी मीनबहादुरालाई १०० मिटर पर सम्म लखेटेर हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>