चितवन विशेष
चितवनको शिक्षा विकास ईङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलमा ४५ जनाले गरे रक्तदान
०
चितवन, मंसिर १-
पूर्वी चितवनको रत्ननगर नगरपालिका-१३ जयमंगलामा आज (शनिबार) ४५ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी चितवनको बार्षिक कार्यतालिका अनुसार युवा रेडक्रस सर्कल शिक्षा विकास ईङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा १० जना महिलासहित ४५ जनाले रक्तदान गरेका हुन् ।
वि.स २०६२ सालदेखि विद्यालयले आयोजना गर्दै आएको रक्तदान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने स्कुलका प्रधानध्यापक धन प्रसाद रेग्मीले जानकारी दिनुभयो । रगतको अभावलाई मध्यनजर गरी स्कुलको स्थापनाकालदेखि नै रक्तदान कार्यक्रम गर्दै आएको प्रधानध्यापक रेग्मीले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>